बिहीबार कुन राशिका लागि कति शुभ ?

बिहीबार कुन राशिका लागि कति शुभ ?


काठमाण्डु – वि.सं. २०७७ साल माघ ०८ गते । बिहीबार । इस्वी सन् २०२१ जनवरी २१ तारिख । नेपाल संवत् ११४१ । काठमा08’df सूर्योदय बिहान ०६ बजेर ५६ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३३ मिनेटdf ।

मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ)  व्यापार व्यावसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) व्यापारमा लगानी गर्ने समय नरहेकोले केही समय पर्ख र हेरको रणनीति अपनाउनुहोला । माया प्रेममा अरूकै नकारात्मक टीका टिप्पणीले मनमुटाव बढ्ने योग रहेको छ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)  माया प्रेममा एकअर्कालाई बिश्वास गर्दै अगाडी बढ्ने समय रहेकोछ । विभिन्न किसिमका मानव निर्मित सामानहरु प्राप्त हुनेछन् भने आफूसँग भएको सीप प्रयोग गरी आम्दानी बढाउन सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डी, डु, डे, डो)  पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ सफलताको सिँढीहरु चढ्न सकिनेछ । व्यापार व्यावसायमा लगानी बढाई धन कमाउन सकिने समय रहेको छ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) अध्यात्म तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिर गई टीका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । यात्रासँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) महत्त्वपूर्ण जिम्मेवारी सम्पादन गर्नका लागि अवसर जुर्नेछ । राज्य तथा राजनीतिमा सम्मानजनक उपस्थिति रहने हुनाले जनताको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ ।  दिदी बहिनीसँग मनमुटाव बढ्ने योग रहेको छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)  सवारी साधन तथा भौतिक सम्पत्ति हातलागी हुनेछ भने विलासी वस्तुहरुको प्रयोगमार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिने हुँदा मन प्रसन्न रहनेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु)  व्यापारमा वृद्धि हुनेछ भने थप ठाउँमा लगानी गर्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाइने हुँदा आँट तथा पराक्रम बढेर जानेछ । प्रेममा सामीप्यता बढेर जाने तथा उपाहार प्राप्तिको गतिलो योग रहेको छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) पढाइलेखाइमा सुधार भएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्य धन लाभ हुनेछ । भौतिक सम्पत्ति तथा विलाशी वस्तुहरुको प्रयोग गर्न पाइने हुनाले मन प्रशन्न हुनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने तथा मायामा सामीप्यता बढेर जानेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) प्रयत्न गर्दा महत्त्वपूर्ण कामहरु सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने व्यापार व्यावसाय सुरु गर्न सकिनेछ । आम्दानी बढ्ने हुँदा लगानी गर्ने अवसर जुर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) साहसिलो काम गर्ने जोसजाँगर आउनेछ भने खेलकुद तथा यस्तै गतिविधिमा तपार्ईंको नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने पतिपत्नी बीच मायाको गाँठो कसिलो भएर जानेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)  पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुनाले नौलो प्रकृतिको काम गर्न जाँगर चल्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ भने थोरै बोलेर प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ ।