१० लाख डोज खोप लिएर नेपाल उड्यो एयर इन्डियाको जहाज

१० लाख डोज खोप लिएर नेपाल उड्यो एयर इन्डियाको जहाज


काठमाण्डु – भारतले पठाएको खोप लिएर एयर इन्डियाको जहाज नेपालका लागि उडेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालका लागि १० लाख डोज खोप लिएर भारतबाट जहाज उडेको जानकारी दिएका छन् ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले भारतले दिएको १० लाख डोज खोप जोखिम क्षेत्रमा खटिनेहरुका लागि दिइने जानकारी दिएका थिए । उनले चिकित्सक, प्रहरी, सफाइ कर्मचारीहरुमा पहिलो चरणमा खोप लगाइने बताए । उक्त खोप आज भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।