गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक जारी, निर्वाचनबारे छलफल हुँदै

गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक जारी, निर्वाचनबारे छलफल हुँदै


काठमाण्डु – गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु भएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले बोलाएको उक्त बैठकमा सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको छ ।

आगामी वैशाख १७ र २७ गते हुने आम निर्वाचनबारे छलफलका लागि गृहमन्त्री बादलको अध्यक्षतामा बैठक जारी छ ।  आजको बैठकमा गृहमन्त्री बादलले निर्वाचनको आवश्यक तयारी पूरा गरी योजनाअनुसार अघि बढ्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिने बताइएको छ ।

बैठकमा गृहसचिव, रक्षासचिव, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धानका प्रमुख, नेपाली सेनाका प्रतिनिधिको उपस्थिति रहेको छ ।