माघ ९ गते प्रचण्ड–नेपाल समूहको शक्ति प्रर्दशन, कुन नेतालाई कहाँको जिम्मेवारी ?

माघ ९ गते प्रचण्ड–नेपाल समूहको शक्ति प्रर्दशन, कुन नेतालाई कहाँको जिम्मेवारी ?


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले भोली काठमाण्डुमा शक्ति प्रर्दशन गर्दैछ ।  काठमाण्डुका विभिन्न स्थानबाट हुने प्रर्दशन व्यवस्थित बनाउन पार्टीले निर्देशिका नै बनाएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी गरेको उक्त निर्देशिकामा नेताहरुको कार्यक्षेत्रसमेत तोकिएको छ ।

संसद विघटनको विरोधमा माघ ९ गते हुने उक्त प्रर्दशनमा प्रत्येक प्रदेश जिल्ला, एवं मोर्चा, संगठनहरुले विरोध प्रर्दशन एवं सभामा सहभागिता गराउने भनी जानकारी दिएको संख्यामा नघटाउने गरी अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ ।  उक्त निर्देशिकामा शुक्रबार बिहान १०ः४५ बजे आफ्नो संगठनलाई छुट्याएको आर्कमा अनिवार्य भेला भइसक्नुपर्ने बताइएको छ ।

‘हरेक संगठनले आफ्नो संगठनको तर्फबाट कार्यक्रममा सहभागी हुन आउने सहभागीहरुको सवारी साधनको नम्बर, संख्या, नाम, ठेगाना र फोन नम्बरसहितको कूल संख्या बुझाउनुपर्नेछ । बसबाट कार्यक्रममा सहभागी हन आउने सबैको बस चढिसकेपछिको सहभागी सूची बुझाउनुपर्नेछ’, निर्देशिकामा भनिएको छ ।

त्यस्तै जुलुसको नेतृत्व पनि बाँडफाँडगरिएको छ । माइतिघर, भद्रकाली, शहीदगेटदेखी–रत्नपार्कसम्म गणेश शाह, गिरीराजमणी पोखरेल, मातृका यादव, लीलामणी पोख्रेल, हरिबोल गजुरेल र पेशल खतिवडा, डिल्लीबजारदेखी रत्नपार्कसम्म वर्षमान पुन, बेदुराम भुसाल, लैनचौर–रत्नपार्क भीम रावल, शक्ति बस्नेत र नन्दकुमार प्रसाई, त्रिपुरेश्वर–रत्नपार्क देवेन्द्र पौडेल, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे, कुपण्डोल–रत्नपार्क कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त र नन्दुकमार थापा, प्रर्दशनी मार्ग–रत्नपार्क घनश्याम भुसाल र जनार्दन शर्मा, शान्तिवाटीका नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई, त्रिचन्द्र कलेज देवप्रसाद गुरुङ, रामकुमारी झाक्री, लेखनाथ न्यौपाने र हितमान शाक्य, वाल्मीकी कलेज– रत्नपार्क अमृत बोहोरा, मुकुन्द न्यौपाने, निष्णु पुकार श्रेष्ठ रहेका छन् ।

जलुसको नेतृत्व गर्ने पार्टी नेताहरु र स्वयमसेवकबीच समन्वय हुनुपर्ने बताइएको छ । जुलुसमा निर्धारित नाराहरु मात्र लगाउन पाइने बताइएको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संसद विघटन गरेर मध्यावधी निर्वाचनमा जाने घोषणापछि नेकपाको अर्को समूह निरन्तर सडक आन्दोलनमा छ ।