काठमाण्डु – नेपाली बजारमा सुनको मूल्य आज पनि उकालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्य अनुसार छापावाल सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो ।
बुधबार प्रतितोला ९२ हजार ५०० मा कारोबार भएको छापावाल सुन आज भने ९३ हजार १०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार ६०० मा कारोवार भएको छ । बुधबार तेजाबी सुन तोलामा ९२ हजारमा कारोवार भएको थियो । यसैगरी आज चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । बुधबार एक हजार २६० मा कारोवार भएको चाँदी आज भने एक हजार २७५ मा कारोवार भइरहेको महासंघले जनाएको छ ।




प्रतिक्रिया