काठमाण्डु – सताब्दी पुरुष सत्यमोहन जोशी अस्वस्थ भएका छन् । पुरानो रोग हर्नियाका कारण १०१ वर्षीय जोशीको स्वास्थ्यमा सामान्य समस्या देखिएको बताइएको छ । जोशीलाई खाना खान र सुत्न असहज भएको साहित्यकार नरेन्द्रराज प्रसाईंले जानकारी दिए ।
किष्ट मेडिकल कलेजले शताब्दी पुरूष र उनकी धर्मपत्नी राधादेवी जोशीको आजीवन स्वास्थ्य उपचार निःशुल्क गर्दै आइरहेको छ । आज बिहान नै किष्ट मेडिकल कलेजका प्रिन्सिपल प्रा.डा. बालमानसिंह कार्कीले जोशीको स्वास्थ्यबारे जानकारी लिएका थिए ।




प्रतिक्रिया