बडादसैँमा काठमाण्डु उपत्यकाभित्र सशस्त्र प्रहरीको नि:शुल्क बस सेवा सञ्चालन

बडादसैँमा काठमाण्डु उपत्यकाभित्र सशस्त्र प्रहरीको नि:शुल्क बस सेवा सञ्चालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बडादसैँ तथा शुभ दीपावलीको अवसरमा यात्रुको यात्रा सहज बनाउन सशस्त्र प्रहरी बल नेपालले काठमाण्डु उपत्यकाभित्र सर्वसाधारणका लागि र उपत्यका बाहिर सशस्त्र प्रहरी परिवारसहित अन्यका लागि नि:शुल्क बस सेवा सञ्चालन गरेको छ ।

दसैँको घटस्थापनादेखि पूर्णिमासम्म तथा तिहारको अवधिभर काठमाण्डुबाट झापाको काँकरभिट्टा र कञ्चनपुरको गड्डाचौकीसम्म दैनिक २ वटा बस बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी र तिनका परिवार तथा अन्यका लागि नि:शुल्क सञ्चालन भइरहेका छन् ।

काठमाण्डु उपत्यकाभित्र सर्वसाधारण यात्रुको सहज आवतजावतका लागि कात्तिक २ गते सोमबारदेखि लगातार ३ दिनसम्म बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म २ वटा बस नि:शुल्क सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।

उपत्यकाभित्र सञ्चालित बसमध्ये एउटाले कलंकी र बल्खु हुँदै कोटेश्वरसम्म तथा अर्को बसले बालाजु र नयाँ बसपार्क हुँदै चक्रपथ परिक्रमा गरेर यात्रुलाई सेवा दिइरहेका छन् ।

अवस्था र आवश्यकता हेरेर थप १ दिन बस सेवा थप्ने तयारी सशस्त्र प्रहरी बल नेपालले गरेको छ ।