काठमाण्डु – वि.सं. २०७७ साल माघ १० गते । शनिबार । इस्वी सन् २०२१ जनवरी २३ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ५६ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३५ मिनेटमा ।
मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ) बोलीको प्रभावले नसोचेको काम हुने तथा सबैले तपार्ईंको तारिफ गर्नेछन् । पढाइ लेखाइमा राम्रो प्रगति गर्न सकिने समय रहेको छ । प्रेममा सफलता प्राप्त हुने तथा नयाँ योजनाका साथ अगाडि बढ्न सकिनेछ ।
बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) पढाइलेखाइमा मन जानाले भनेजस्तो नतिजा ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरु बीच घनिष्टता बढेर जानेछ ।
मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा) साथीभाइ तथा आफन्तसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा पहिले गरेका लगानीबाट मनग्य धन लाभ हुने योग रहेको छ ।
कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) माया प्रेममा आत्मीयता बढ्नेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । पैत्रिक धन तथा सरकारी सम्पत्ति प्रयोग गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ ।
सिंह (मा, मी, मु, मे, मो, टा, टी, टू, टे) व्यापार व्यावसायमा प्रशस्त समय लगानी गर्दा पनि आम्दानी थोरै हुनेछ भने विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । यात्राको अधिक सम्भावना रहेको छ भने विदेशी संस्था तथा नियोगतिर काम पाउने प्रशस्त सम्भावना रहेको छ ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) खोज तथा अनुसन्धानमा सकारात्मक नतिजा हात लगाउन सकिने हुनाले शरीरका थप ऊर्जा पैदा हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईंको बर्चस्व कायम रहेनेछ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) विद्यामा सफलता पाउन मिहिनेत गर्नुपर्ला । दिदीबहिनीबाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ । भौतिक सम्पत्ति तथा रुपैयाँ पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला ।
बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) नयाँ काम खोज्दै हुनुहुन्छ भने समयले रोजगार दिलाउने तथा काममा बढुवा हुने योग रहेको छ । पढाइलेखाइमा तपार्ईंको नाम अग्र स्थानमा आउनेछ । मातापिताको सहयोगले राम्रा काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) पढाइ लेखाइमा अरुलाई किनारा लगाउँदै स्कुल तथा कलेजमा छुट्टै पहिचान बनाउन सकिनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने मामा तथा मावली पक्षबाट तपार्ईंको काममा भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । मायाप्रेम तथा पतिपत्नीबीचको सम्बन्धमा विश्वासको वातावरण मजबुत भएर जानेछ । पारिवारिक माहोलमा दिन वित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा) विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन बढी नै मिहिनेत गर्नुपर्नेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाब बढ्नेछ । सामान्य स्वास्थ्यसम्बन्धी समस्याले पिरोल्नेछ । राजनीति तथा समाज सेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) माया प्रेमको डोरो कसिएर जानेछ भने जीवन साथीको सम्बन्ध थप प्रगाड भएर जानेछ । छोटो तथा रमाइलो यात्राको सम्भावना भए पनि यात्राका क्रममा ध्यान दिनु जरुरी छ । पढाइलेखाइमा सुधार गर्न सकिने तथा नतिजा हात पार्न सकिनेछ ।




प्रतिक्रिया