आजको मौसम:उच्च पहाडी भूभागमा हल्का हिमपातको सम्भावना

आजको मौसम:उच्च पहाडी भूभागमा हल्का हिमपातको सम्भावना


काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान गरेकाे छ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले देशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ।

सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ ।

शनिबार राति सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक,दुई स्थानमा शनिबार राति हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अहिले  सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको र तराईका भूभागहरुमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसमविदले बताएका छन्।

देशको उच्च पहाडी भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही स्थानहरुमा बिहानीपख हुस्सु र कुहिरो लागेकाे छ ।