कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो, २७० संक्रमित थपिए

कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो, २७० संक्रमित थपिए


काठमाण्डु – पछिल्लो २४ घण्टामा नेपालमा २ सय ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४ सय ३ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ६४ हजार १ सय ३७ जना कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म २० लाख ४३ हजार २ सय ५५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार १ पुगेको छ ।