काठमाण्डु – सरकारले सशस्त्र द्वन्द्वकालमा ज्यान गुमाएका सहिद परिवारको सम्मान एवं परिचयपत्रको व्यवस्था गर्न एक कार्यदल गठन गरेको छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयोजक रहेको उक्त कार्यदलमाखानेपानी तथा सरसफाइ मन्त्री मणि थापा र भूमि व्यवस्था तथा गरीबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फे सदस्य छन् ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विगतका शान्तिपूर्ण र सशस्त्र आन्दोलन, जनसंघर्ष, विद्रोह र विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान गर्ने सहिद परिवार, घाइते , बेपत्ता, अंगभंग भएका, लोकतन्त्रका योद्दाहरूको सम्मान एवं परिचयपत्रको व्यवस्था गर्न कार्यदल गठन गरेको प्रधानमन्त्री केपी शर्मा अोलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।




प्रतिक्रिया