नेकपा विभाजनलाई निर्वाचन आयोगले दिएन कानूनी मान्यता

नेकपा विभाजनलाई निर्वाचन आयोगले दिएन कानूनी मान्यता


काठमाण्डु – निर्वाचन आयोगले नेपाल कम्युुनिष्ट पार्टी (नेकपा)लाई फूटको मान्यता नदिने भएको छ । केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहलाई फूटका लागि स्वीकृति नदिने आयोगले निर्णय गरेको छ ।

आइतबार बसेको प्रमुख निर्वाचन आयुक्त सहितको बैठकले नेकपामा नयाँ संशोधन र हेरफेर गर्न नमिल्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । आयोगको बैठकले दुवै पक्षको दाबी नपुगेको भन्दै उक्त निर्णय गरेको हो ।

ओली र प्रचण्ड–नेपाल पक्षले दाबी गरेको हेरफेर, संशोधन गर्न नमिल्ने र साविकको विवरण नै कायम रहेको निर्णय गर्दै दुबै अध्यक्षलाई जानकारी दिने निर्णय गरेको आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बैठकले ३० पेजको निर्णय गरेको छ । सोही निर्णय नेकपाका दुवै अध्यक्षलार्य पठाउने आयोगले निर्णय गरेको छ । दुवै समूहले पार्टीको नाम र निर्वाचन चिन्हमा आ–आफ्नो दाबी गर्दै आइरहेका थिए ।