चितवन – आदिवासी जनजाति विकासका लागि सञ्जालले इच्छाकामना गाउँपालिकाका चेपाङ समुदायका ३० जना बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ ।
इच्छाकामना गाउँपालिका–२ श्री राष्ट्रिय आधारभूत विद्यालयमा अति सिमान्तकृत चेपाङ समुदायका २० जना अनाथ बालबालिका र १० जना असहाय गरि जम्मा ३० जनालाई न्यानो कपडा लगायत विभिन्न स्टेसनरी सामानहरु वितरण गरिएको हो ।
सञ्जालकी अध्यक्ष साबित्रा चेपाङ, वडा अध्यक्ष पंच बहादुर चेपाङ, साबित्री गुरूङ, मुक्तिनाथ शिलवाल, कमला भण्डारी लगायतको उपस्थिीमा सामान बितरण गरिएको थियो ।





प्रतिक्रिया