काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेको बेलायती संसदीय प्रतिनिधिमण्डलले साेमबार शिष्टाचार भेट गरेको छ।
सांसद निजेल इभान्स नेतृत्वको टाेलीले राष्ट्रपति भवन शीतल निवासमा भेट गरेकाे हाे।
भेटमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीले जानकारी दिए। सो अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी एवं नेपालस्थित बेलायती राजदूतसमेतको उपस्थिति थियो ।




प्रतिक्रिया