मोर्डनाको खोपले नयाँ स्वरुपमा देखिएको कोरोना भाइरसँग लड्न सक्ने

मोर्डनाको खोपले नयाँ स्वरुपमा देखिएको कोरोना भाइरसँग लड्न सक्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकाले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको मोर्डनाको खोपले नयाँ स्वरुपमा देखिएको कोरोना भाइरसलाई नियन्त्रण गर्ने बताइएको छ ।

अमेरिकी औषधी उत्पादक मोडेर्नाका वैज्ञानिकहरुले आफ्नो कोभिड खोप पछिल्लो समय देखा परेको नयाँ र धेरै संक्रामक कोरोना भाइरस भाइरससँग लड्न सक्षम देखिएको जनाएका बीबीसीले जनाएको छ ।

उक्त कम्पनीका अनुसार प्रारम्भिक रूपमा प्रयोगशालाको वातावरणमा गरिएको जाँचमा भाइरसका त्यस्ता भेरियन्टलाई उक्त खोपले पहिचान गर्न र लड्नका लागि प्रतिरोधी तत्व बनाउन सक्ने देखिएको हो ।

गत सेप्टेम्बरमा बेलायतबाट फैलिएको उक्त नयाँ प्रकार ७० प्रतिशतसम्म थप संक्रामक पाइएको विज्ञहरुले बताएका छन् । कोभिडका यी नयाँ प्रकारका भाइरस ६० भन्दा बढी मुलुकमा द्रूत गतिमा फैलिसकेका छन् ।