बेलायतले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने

बेलायतले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीसँग भेटवार्ता गरेकी छन् ।

सोमबार मन्त्रालमयमा भएको भेटवार्ताका क्रममा राजदूत पोलिटले बेलायतले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने बताएकी छन् ।

उनले बेलायतले कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपाललाई ‘एस्ट्राजेनेका’ खोप उपलब्ध गराउने जानकारी दिइन् । बेलायतले कोभ्याक्स कार्यक्रमलाई ५५० मिलियन पाउन्ड रकम बराबरको खोप उपलब्ध गराउने भएको हो । राजदूत पोलिटले बेलायतमा विकसित भएको खोप प्रयोग गरेकोमा नेपाललाई धन्यवाद दिएकी थिइन् ।