एजेन्सी – अमेरिकाले दक्षिण एसियाका चार वटा मुलुकको भ्रमण नगर्न आफ्ना नागरिकहरुलाई आग्रह गरेको छ ।
राष्ट्रपति जो बाइडेन प्रशासनले चार वटा देशका लागि छुट्टाछुट्टै सूचना जारी गर्दै कोरोना भाइरसको महामारी, आतंकवाद र साम्प्रदायिक हिँसाका कारण ती राष्ट्रहरुकाे भ्रमण नगर्न नागरिकहरुलाई आग्रह गरेको हो ।
अमेरिकाले भारत र पाकिस्तानको सीमामा नजान पनि आग्रह गरेको छ । सूचनामा उक्त क्षेत्रमा गोलाबारी, आतंकवाद र अपहरणका घटना हुने भएकाले सतर्कता अपनाउनुपर्ने बताएको छ ।
त्यस्तै बंगलादेश र अफगानस्तानमा पनि कोरोनाको जोखिम, सशस्त्र द्वन्द्व, अपराध, आतंकवाद र अपहरणका घटना बढेकाले सावधानी अपनाउन आग्रह गरेको छ ।




प्रतिक्रिया