उदयपुर – उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीमा फर्कन आग्रह गरेका छन् ।
प्रेस संगठनद्वारा उदयपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले नेकपा औपचारिक ढंगले फुटिनसकेको बताउँदै प्रचण्ड र नेपाललाई पार्टीमा फर्कन आग्रह गरेका हुन् ।
उनले निर्वाचन आयोगको पछिल्लो निर्णयले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेललाई चिन्ने भएकाले अहिलेसम्म नेकपा एक रहेको दाबी गरेका हुन् ।
निर्वाचन आयोगको फैसला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को फुटविरुद्ध रहेकाले दाहाल र नेपालले प्रधानमन्त्रीमाथिको आरोपपत्र फिर्ता लिएर चुनावमा सहभागि भए पार्टी थप मजवुत हुने नेता पोखरेलको भनाइ थियो ।




प्रतिक्रिया