काठमाण्डु – सरकारले आजबाट देशव्यापी खोप कार्यक्रम सुचारु गरेको छ । जोखिम क्षेत्रमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतले खोप लगाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बुधबारबाट सुरु भएको खोप कार्यक्रम सेनाका तर्फबाट सहायकरथी डा. भुवनराज कुँवरले लगाएका छन् । नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौडेलले सेनाकातर्फबाट पहिलो खोप डा. कुँवरले लगाएको जानकारी दिए ।
सैनिक अस्पतालका क्लिनिकल रजिष्ट्रारसमेत रहेका सहायकरथी कुँवर कोरोनाको खोप लगाउने नेपाली सेनाको पहिलो स्वास्थ्यकर्मी भएका छन् ।




प्रतिक्रिया