काठमाण्डु – नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट देशव्यापी रुपमा सुरु भएको छ । खोपका विषयमा विभिन्न आशंका पैदा भइरहेका बेला चिकित्सकहरुले कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्धक्क भएर लगाउन सुझाव दिएका छन् ।
सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. रोशन कुमार झाले खोपले कुनै पनि साइड इफेक्ट नगर्ने भएकाले आत्तिनुपर्ने कुनै कारण नभएको बताए ।
‘कोरोनाको खोप नेपालमा हामीले पहिलोपटक लगाएका छौं । मैले पनि बिहानै खोप लगाएँ । डर लागेको छैन् । हामी डाक्टर पनि हो । किनभने कोरोना महामारीमा अग्र स्थानमा खटिएका थियौं । मैले खोप लगाएको करिब चार घण्टा भयो । खोप लगाएपछि पनि कुनै किसिमको साइड इफेक्ट फिल गरेको छैन्,’ काठमाण्डुपाटीसँग आफ्नो अनुभव सेयर गर्दै उनले भने ।
डीएसपी झाले कोरोना भाइरस संक्रमणबाट जोगिने अन्तिम उपाय भनेकै खोप भएकाले नडराई खोप लगाउन आग्रह गरेका छन् । डीएसपी झाले सशस्त्रले अहिलेसम्म करिब एक डेढ सय जनामा खोप लगाइसकेको बताएका छन् । उनले खोप लगाएका कसैमा पनि साइडइफेक्ट देखा नपरेको जानकारी दिए ।
‘यदी आफ्नो पालो आयो र फिजिसियनको निगरानीमा लिँदा फाइँदै हुन्छ । भाइरसलाई रोक्ने भनेको भ्याक्सिन नै हो’, उनले भने ।
डीएसपी झा कोरोना महामारीमा अग्र स्थानमा खटिएका थिए । सशस्त्र प्रहरीले आजबाट देशभरी कोरोना खोप अभियान सुरु गरेको छ ।




प्रतिक्रिया