नेपाली सेनाद्वारा भरतपुर महानगरपालिकालाई मल्टीपर्पोज हल हस्तान्तरण

नेपाली सेनाद्वारा भरतपुर महानगरपालिकालाई मल्टीपर्पोज हल हस्तान्तरण


चितवन – नेपाली सेनाले भरतपुर महानगरपालिकालाई मल्टीपर्पोज हल हस्तान्तरण गरेको छ ।

नेपाली सेनाको सामाजिक–आर्थिक विकासका पुर्वाधार निर्माण कार्यक्रम अन्तरगत सैनिक नागरिक सम्बन्धलाई थप प्रभावकारी बनाउने क्रममा श्री बटुकदल गणद्वारा भरतपुर महानगरपालिका–२२, घटगाई ईलाकामा निर्माण गरिएको २०८५० फिटको मल्टीपर्पोज हल श्री मध्य पृतना हेडक्वाटरका पृतनापति उपरथी ताराध्वज पाण्डेले भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाललाई हस्तान्तरण गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, जनप्रतिनिधिहरु एवं स्थानीय सर्बसाधारण गरी करिव १०० जनाको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा महानगरपालिकाका मेयर दाहालले प्राकृतिक जोखिममा रहेका बोटे समुदायहरुलाई उद्धार गरि सुरक्षित स्थानमा राख्न मद्दत पुग्ने साथै अन्य सामाजिक एवं सामुहिक कार्यक्रमहरुको लागि समेत हल उपयोगी हुने बताउँदै उक्त कार्यको प्रशंसा गरेकी थिइन् । उक्त निर्माणबाट करिब ६८ घरपरिवार लाभान्वित हुने अपेक्षा गरिएको छ । नेपाली सेना सिमित साधन स्रोतको बाबजुद स्थानीय जनताको आवश्यकता पुरा गर्न सदैव प्रयत्‍नशिल रहेको छ ।