काठमाण्डु – वि.सं. २०७७ साल माघ १८ गते । आइतबार । इस्वी सन् २०२१ जनवरी ३१ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ५३ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ४२ मिनेटमा ।
मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ) शिक्षामा सुधार भई विगतका कमजोरीलाई सच्याउँदै चाहेको गन्तव्य पहिल्याउन सहज हुनेछ । वित्तीय क्षेत्रसँग सम्बन्धित पेसा व्यावसायबाट मनग्य धन कमाउन सकिनेछ ।
बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) अध्ययन तथा अनुसन्धानबाट सकारात्मक नतिजा हात लाग्नेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने पतिपत्नी बीचको सम्बन्धमा थप बिश्वास थपिनेछ ।
मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) माया प्रेममा सामीप्यता बढेर जाने तथा छोटो दूरीको यात्राको तय गर्न सकिनेछ । दाजुभाइ तथा छिमेकीसँग गरिने कुनै पनि पेसा व्यावसाय फस्टाएर जानेछ । पढाइमा मन जाने तथा लेखन कलाको विकाश हुनेछ ।
कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) समाज सेवामा समय व्यातित हुनेछ भने आफ्नो काम थाँती रहनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्य आम्दानी हुनेछ ।
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टु, टे) राजनीति तथा समाज सेवामा समय दिनेहरुले जनताको पक्षमा काम गर्न सक्दा मानसम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने विलाशी वस्तुको प्रयोगमार्फत अरुको मन आफूतिर तान्न सकिनेछ ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग रहेको छ । प्रेममा रमाउन चाहनेहरुले भरपूर रमाइलो गर्न सक्नेछन् ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) माया प्रेममा सामीप्यता बढेर जानेछ भने पतिपत्नीबीच विश्वासको वातावरण बढेर जानेछ । बिद्यामा राम्रो प्रगति हुनाले पढाइ लेखाइमा मन जानेछ ।
बृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू) व्यापारमा लगानी गर्न केही समय पर्खनु राम्रो रहेको छ । तर पनि विदेशमा उत्पादित सामानहरुको व्यापार फस्टाएर जानेछ । प्रेममा एकअर्कालाई अविश्वास गर्नाले तथा नचाहँदा नचाहँदै टाढिनुपर्दा मनमा नरमाइलो लाग्नेछ ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो भएर जाने तथा जीवनसाथीको सहयोगले राम्रा कामह सम्पादन हुनेछन् ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) राजनीति तथा समाज सेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा विद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानी हुनेछ ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा) व्यापार व्यावसायमा देखिएका असहज परिवेशलाई भत्काउँदै थप लगानी गरी विलाशी वस्तुहरुको उपभोग गर्न पाइनेछ । पढाइलेखाइमा भनेजस्तो सफलता हात लाग्ने हुँदा आफू तथा शुभचिन्तकहरु खुशी रहनेछन् । माया प्रेममा सामीप्यता बढेर जानेछ ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)पुराना ऋण, रोग तथा शत्रुबाट छुट्करा पाइने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेको छ । शत्रु परास्त हुनेछन् भने न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा हुने हुनाले खुसीले उचाइ नाघ्नेछ ।




प्रतिक्रिया