काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान गरेकाे छ । हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेकाले पहाडी भूभागमा आंशिक बदली रहनेछ।
प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। आइतबार राति देशका पहाडी भूभागमा आंशिक बदली रहने छ भने अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
राति पनि प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। अहिले बिहान देशको पहाडी भूभागका थोरै स्थानहरुमा र तराईका अधिकांश भूभागहरुमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।




प्रतिक्रिया