जनताको ढुकुटी दुरुपयोग नगर्न अनेरास्ववियूको चेतावनी

जनताको ढुकुटी दुरुपयोग नगर्न अनेरास्ववियूको चेतावनी


काठमाण्डु – ससद विघटनको विरोध गर्दै आइरहेको प्रचण्ड–नेपाल समूहको अनेरास्ववियूका विद्यार्थीहरुले आज स्थानिय तहका सरकारलाई ज्ञापन पत्र बुझाउँदै छन् ।

अनेरास्ववियूले प्रतिगमनकारी सरकारको मतियार नबन्न र स्रोत साधनको बजेट दुरुपयोग नगर्न आग्रह गर्दै आजबाट स्थानीय तहहरुमा ज्ञापन पत्र बुझाउन लागेको हो । स्थानीय तहमा ज्ञापन पत्र बुझाउने कार्यक्रम माघ १८ र १९ गते दुई दिन निर्धारण गरिएको नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

‘कामचलाउ सरकारले ज्ञानेन्द्रको झल्को दिने दिने गरी पञ्चर्‍याली आयोजना गर्न थालेको छ । यस्ता र्‍यालीहरुको व्यवस्थापनमा स्थानीय सरकारहरु लागेका र राज्यशक्ति र स्रोतको व्यापक दुरुपयोग भएको हामीले जनगुनासो सुनेका छौं । विकास निर्माणका काममा खर्च गर्नुपर्ने जनताको ढुकुटी दुरुपयोग गरी प्रतिगमनलाई सहयोग पुग्ने कुनै कार्य नगर्न हामी चेतावनी दिन चाहन्छौं,’ स्थानीय तहमा बुझाउन तयार पारिएको ज्ञापन पत्रमा लेखिएको छ ।

अर्को वर्ष हुने स्थानीय तहको निर्वाचन अगावै आय–व्यय सार्वजनिक गर्न र जनताको सुशासनप्रतितको आकांक्षा पूरा गर्न पनि अनेरास्ववियूले स्थानीय सरकारलाई अपील गरेको छ ।