काठमाण्डु – नेकपाका प्रचण्ड–नेपाल समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल दोस्रो पटक धर्ना बसेका छन् ।
माइतीघर मण्डलामा जारी धर्नामा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय प्रचण्ड र नेपाललगायत शीर्ष नेताहरू सहभागी भएका छन् । यसअघि पुस १० गते पनि ‘हामी यहाँ छौँ’ भन्दै प्रचण्ड र माधवसहितका नेता कार्यकर्ताहरू माइतीघरको सडकमा बसेका थिए ।
संसद विघटनको विरोधमा चरणबद्ध आन्दोलन गर्दै आइरहेको प्रचण्ड–नेपाल समूहले यसअघि बुटवल, विराटनगर र धनगढीमा विरोधसभा आयोजना गरिसकेको छ ।
यसअघि दुई चरणका विरोध कार्यक्रम सम्पन्न गरिसकेको प्रचण्ड नेपाल समूहले तेस्रो चरणमा पनि काठमाण्डु लगायत देशभर प्रदर्शन तथा विरोधसभाका कार्यक्रम आयोजना गरेको छ ।
गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित भएको छ । अहिले दुबै समूह देशभर आमसभा गर्न व्यस्त छन् ।





प्रतिक्रिया