काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोलि ७७ जिल्लामा एकसाथ विरोध प्रदर्शन गर्ने भएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको १३ वटै भातृ संस्थाहरूको संयुक्त आयोजनामा माघ १९ गते अर्थात भोलि ७७ जिल्लामै एकसाथ विरोध प्रदर्शन गर्ने भएको हो । संसद् विघटनमार्फत प्रधानमन्त्रीले सर्वसत्तावाद उन्मुख कदम चालेको कांग्रेसको ठहर छ ।
सभामा भ्रष्टाचार, कुशासन, कोभिडविरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका विषयमा सरकारी उदासीनतालगायतका मुद्दा उठाइने कांग्रेसले जनाएको छ ।




प्रतिक्रिया