सामसुङको एस २१ सिरिज खरिद गर्न सानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड तथा शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी

सामसुङको एस २१ सिरिज खरिद गर्न सानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड तथा शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी


काठमाण्डु – सानिमा बैंकले सामसुङको एस २१ सिरिज खरिद गर्न निःशुल्क क्रेडिट कार्ड तथा शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दीको व्यवस्था गरेको छ ।

यसकालागि बैंकले नेपालमा सामसुङ मोबाइलको आधिकारिक वितरकहरु, आईएमस स्मार्ट प्राइभेट लिमिटेड र हिम इलेक्ट्रोनिक्ससँग सम्झौता गरेको छ ।

ग्राहकहरुले शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी सुबिधाका साथै निःशुल्क इएमआई प्रशासनिक शुल्क र सामसुङको तर्पmबाट आकर्षक प्री‐बुकिङ्ग उपहारहरुको पनि व्यवस्था गरिएको छ ।

सामसुङ एस२१ सिरिज कोप्री‐बुकिङ्ग सुरु भइसकेको छ र ग्राहकहरुका लागि माघ २३ गते बाट उपलब्धहुने अपेक्षा गरिएको बैंकले जनाएको छ । ग्राहकहरुले आईएमस स्मार्ट प्राइभेट लिमिटेड र हिम इलेक्ट्रोनिक्सका विभिन्न आउटलेटबाट प्री‐बुकिङ्ग गर्न सक्नेछन् ।