धादिङमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

धादिङमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु


काठमाण्डु – धादिङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सोमबार बिहान चितवनबाट काठमाण्डुतर्फ आइरहेको लु २ ख २७० नम्बरको ट्रक र ना ६ ख ६४६५ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

मृतकको सनताखत हुन सकेको छैन् । दुर्घटनमा थप एक जना घाइते भएका छन् । उनको काठमाण्डुस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको धादिङ प्रहरीले जनाएको छ ।