नुवाकोटमा उपप्रधानमन्त्री ईश्वर पोखरेलमाथि प्रचण्ड समूहको आक्रमण

नुवाकोटमा उपप्रधानमन्त्री ईश्वर पोखरेलमाथि प्रचण्ड समूहको आक्रमण


नुवाकोट – नुवाकोटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली समूह र प्रचण्ड–माधव नेपाल समूहबीच झडप भएको छ ।

उपप्रधानमन्त्री इश्वर पोखरेल कार्यक्रमको लागि गएका बेला उनीमाथि प्रचण्ड समूहले आक्रमण गरेपछि झडप भएको हो । उपप्रधानमन्त्री पोखरेलको गाडीमा तोडफोड समेत गरिएको छ ।

वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मीरा चौधरीले बाटोमा अवरोध गर्ने कार्य भएको र अहिले अवस्था सामान्य रहेको जानकारी दिइन् । उनले गाडीमा कुनै तोडफोड नभएको बताइन् ।