काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड– माधव नेपाल समूहले महासचिव विष्णु पौडेललाई पार्टीबाट हटाएको छ ।
सोमबार बसेको केन्द्रीय समितिको बैठकले पौडेललाई महासचिव पदबाट हटाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
त्यस्तै बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने यसअघि स्थायी समितिले गरेको निर्णय अनुमोदन पनि गरेको छ
बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध भएको दुई चरणको कार्यक्रम सफल भएको समीक्षा गर्दै तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने र निर्वाचन आयोगमा लिखित जवाफसहित पार्टीको आधिकारिकताको दावी गर्दै आयोगलाई पत्र लेख्ने पनि निर्णय गरेको छ ।
बैठकले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय गरेको हो । उनले भने, ‘कहिले जाने भन्ने निर्वाचन आयोगको जिम्मा दिइएका साथीहरुले निर्णय गर्नुहुन्छ ।’





प्रतिक्रिया