काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन संविधान सम्बद्ध रुपमा नै घोषणा गरिएकाले तोकिएकै समयमा हुने बताएका छन् ।
प्रोग्रसिभ इञ्जिनीयरिङ एशोसिएशन नेपाल केन्द्रीय कमिटीद्वारा आयोजित बृहत इञ्जिनीयरिङ भेलामा उनले मुलुकलाई पुनः ताजा जनादेशको आवश्यकता परेकाले आगामी वैशाखमा निर्वाचन हुनेमा कुनै शंका नरहेको स्पष्ट पारे ।
‘आगामी महाधिवेशनसम्म धैर्य गर्न नसकेर सरकारमा रहेकै साथीहरुले संसद्लाई अस्थिरताको थलो बनाएकाले संसद् विघटन गर्नुपरेको हो’, उनले भने, ‘आगामी निर्वाचनमा शानदार बहुमत ल्याउनका लागि जनतासामु यथार्थ धारणा लिएर जानुपर्छ ।’
आफू सधैँ कानूनी पक्षमा रहेको प्रष्ट पादै प्रम ओलीले संसद् विघटनका सम्बन्धमा न्यायाधिशले गरेको फैसला नै मान्य हुने बताउँदै विदेशीको इशारामा देशलाई चल्न नदिनका लागि आफूले सधैँ खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आगामी तीन महिनाभित्र अग्रपङ्तिमा रहेर काम गर्ने सबैलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने अठोट गर्दै उनले जनताको जीवन नै आफूलाई सबैभन्दा प्यारो लाग्ने बताए ।




प्रतिक्रिया