काठमाण्डु – सरकारले सशस्त्र प्रहरी बलका दुई जना डिआईजीको पदावधि एक वर्ष थप गरेको छ । मन्त्रीपरिषदको सोमबार सांझ बसेको वैठकले डिआईजीद्वय खड्ग राई र मन्दिप श्रेष्ठको पदावधि एक वर्ष थप गरेको हो । सशस्त्र प्रहरीका डिआइजीको पदावधि चार वर्ष हुने र महानिरीक्षकको सिफारिसमा एक वर्ष थप्न सकिने प्रावधान छ । उनीहरुको पदावधि यही साता सकिंदै थियो ।
सशस्त्र मुख्यालयले एक महिना अघि नै पदावधि थपको लागी गृहमन्त्रालयमा पत्र पठाएपनि निर्णय भने भएको थिएन् । तर, सोमबार बसेको वैठकमा उनिहरुको पदावधि एक वर्ष थप्ने निर्णय भएको एक मन्त्रीले बताए ।




प्रतिक्रिया