खानेपानीमन्त्रीले हेमन्तप्रकाश ओलीलाई नख्खु जेल पुगेर भेटे

खानेपानीमन्त्रीले हेमन्तप्रकाश ओलीलाई नख्खु जेल पुगेर भेटे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – खानेपानीमन्त्री मणी थापाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता हेमन्त प्रकाश ओलीसँग भेट गरेका छन् ।

मंगलबार बिहान नख्खु कारागार पुगेका मन्त्री थापाले नेता ओलीसँग भेटवार्ता गरेको उनको सचिवालयले जनाएको छ ।

नेकपाका तत्कालीन मध्यकमाण्ड इन्चार्जसमेत रहेका नेता ओलीलाई ललितपुर जिल्ला अदालतले थुनामा राख्ने आदेश दिएको थियो ।

काठमाण्डुस्थित एनसेलको मुख्यालयमा बम बिष्फोट गराएको आरोपमा सुदर्शनलाई प्रहरीले पक्राउ गरेको थियो ।