संवैधानिक परिषद्को बैठक अनिश्चितकालका लागि स्थगित

संवैधानिक परिषद्को बैठक अनिश्चितकालका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । बुधबारका लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

बैठक स्थगनको सूचना संवैधानिक परिषद्का सदस्यहरुलाई पठाइएको छ । प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा हाल परिषद् सदस्यको हैसियतमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्नि सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना छन् ।

यसअघिको बैठकबाट संवैधानिक अंगहरुमा गरिएका नियुक्ति सिफारिस सभामुख अग्नि सापकोटाले फिर्ता पठाईदिएका थिए । सरकारले अध्यादेश जारी गरी परिषदका बहुमत सदस्यबाट निर्णय गर्न सक्ने व्यवस्था गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख सापकोटाले बैठक बहिस्कार गरेपछि गत मंसिर ३० गते बहुमतकै आधारमा अख्तियारसहितका बिभिन्न संवैधानिक आयोगहरुमा नियुक्तिको सिफारिस गरिएको थियो ।

संसद विघटन भइसकेको अवस्थामा सिफारिस गरिएका पदाधिकारी तथा सदस्यहरुको सुनुवाइ हुन नसक्ने भन्दै सभामुख सापकोटाले सक्कल फाइल फिर्ता पठाइदिएका थिए । संविधानमा संसदीय सुनुवाइपछि मात्र नियुक्ति हुने व्यवस्था छ ।