२२ उपसचिव सहसचिव बढुवाका लागि सिफारिस (सूचीसहित)

२२ उपसचिव सहसचिव बढुवाका लागि सिफारिस (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – २२ उपसचिव सहसचिव बढुवाका लागि सिफारिस भएका छन् । लोक सेवा आयोगले कार्यक्षमताका आधारमा बढुवाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको हो ।

बढुवा सिफारिसमा  मनोजकुमार आचार्य, धान प्रसाद पंज्ञानी, गोविन्द प्रसाद सुवेदी, अच्युतप्रसाद सिवाकोटी, होम प्रसाद लुइँटेल, विश्वप्रकाश अर्याल, प्रदीप कुमार लुँइटेल, विश्वप्रकाश अर्याल, प्रदीपकुमार निरौला, शिवराम गेलाल, भोजराज खतिवडा, शिवराज चौलागाई, गणेश अर्याल, राजेन्द्र देव पाण्डे, टेक बहादुर केसी, सुनील खनाल, कृष्ण प्रसाद सापकोटा, किरण थापा, भगना अर्याल, भरत कुमार शर्मा, प्रेमलाल लामिमछाने, जनार्दन गौतम, कमल राज ढकाल र तुलसीनाथ गौतम रहेका छन् ।

समितिले सोमबार सिफारिस गरेपछि मन्त्रालयले मंगलबार बढुवामा चित्त नबुझेकाले ३५ दिन भित्र उजुरी दिन सूचना जारी गरेको छ । १ सय २५ जना उपसचिवले सहसचिवमा बढुवाका लागि दरखास्त दिएका थिए । जसमा २२ जनाको बढुवा सूचीमा परेको हो ।