काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले युद्धमा कहिल्यै नहारेको नेपालले खेलकुदमा पनि हार्न नहुने बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको ‘खेलकुदसँग प्रधानमन्त्री’ अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले कहिल्यै उपनिवेश र कुनै युद्ध नहारेको नेपालले खेलकुदमा पनि जित्नु पर्ने बताए । उनले खेल जित्नका लागि अनुभवी प्रतिशक्षक, लेटेष्ट टेक्नोलोटी प्रयोग गर्ने बताए ।
‘अंग्रेजको लडाइँ तोफ गोला बारुद, काटमारसँग नहोर्ने नेपालीले खेलमा किन हार्नु परेको छ र ! फुटबलमा भकुन्डो हान्ने र क्रिकेटमा बलमा हान्ने त हो,’ उनले भने, ‘कहिल्यै उपनिवेश नबनेको, कहिल्यै नहारेको देश यत्रा–यत्रा डल्ला फ्याँक्दा किन हार्ने ? राष्ट्रिय युद्ध जत्ने नेपालीले एउटा कँराते कुस्ती हार्ने ?’
उनले खेलमा हुने जित र हारको ठूलो अर्थ हुने बताए । उनले आफ्नो विधा विशेष खेलकुदमा ध्यान दिन आग्रह गरेका छन् । अन्य क्षेत्रमा पनि जित र हारको विषय ’इगो’ बन्ने गरेको बताए । संसद विघटनको जित र हारको विषयमा भइरहेको उनको भनाइ छ ।
उनले खेलकुदमा ट्यालेन्टलाई छनोट गर्नुपर्ने बताए । प्रधानमन्त्री अोलीले खेल क्षेत्रलाई अनुत्पादक क्षेत्र भन्न नहुने बताए ।
‘खेलकुदले धान फलाउँदैन, आलु पनि फलाउँदैन, ज्यालेट नि सिलाउँदैन भनेर अनुत्पादक भन्नुहुन्न र उत्पादक भनेर मकैका ठूला घोगा फलाउँदैन । ५१ स्वर्णले पर क्यापिटा इनकम, जीडीपी बढाउँदैन तर आफ्नो हिसाबको उपलब्धि दिन्छ । अनुत्पादक होइन,’ उनले भने ।
उनले नेपालमा कोरोना कमजोर बन्दै गएको बताउँदै क्याक्सिन लगाएपछि कोरोना भाग्ने बताए ।
‘ अब त हामीसँग हतियार छ । भ्याक्सिनसँगै लडेपछि यो भाग्छ । हाम्रो सामाजिक जीवन अगाडि बढ्छ । खेलकुद क्षेत्र माथि उठछ,’ उनले भने ।
त्यस्तै उनले मुलपानी क्रिकेट रंगशाला अझै निर्माण सम्पन्न नभएकोमा आश्चर्य व्यक्त गरेका छन् ।
‘अझै बनिसकेको छैन् ? धेरै वर्ष भइसक्यो। अझै बनिसकेको छैन भन्दा छक्क लाग्यो,’ ओलीले भने, ‘अब छिटै बनिसक्छ ।’




प्रतिक्रिया