संसद भवनअगाडी अनेरास्ववियूको चक्का जाम

संसद भवनअगाडी अनेरास्ववियूको चक्का जाम


काठमाण्डु – नेकपा प्रचण्ड–नेपाल समूहको विद्यार्थी संगठन अनेरास्ववियूले आज चक्काजाम गरेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध अनेरास्ववियूले चरणबद्ध आन्दोलन गर्दै आइरहेको छ । सो आन्दोलन अन्तर्गत विद्यार्थीहरुले संसद भवनअगाडी आज आधा घण्टा चक्का जाम गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते असंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको प्रचण्ड–माधव समूह यतिबेला आन्दोलनमा उत्रिएको छ ।