एजेन्सी – चीनले म्यानमारमा भएको सैनिक ‘कू’को विरोधमा सार्वजनिक हुन लागेको संयुक्त राष्ट्र सुरक्षा परिषदको विज्ञप्ति रोकिदिएको छ ।
राष्ट्रपतिुसहित नेता आंग सान सुकी र अन्य सांसदहरूलाई पक्राउ गरेपछि सेनाले सोमबार संकलकाल घोषणा गरेको थियो ।
संयुक्त राष्ट्र सुरक्षा परिषद्ले मंगलबार उक्त विषयमा विरोध जनाउन बैठक बसेको थियो । तर, चीनले समर्थन नगरेपछि संयुक्त विज्ञप्ति बाहिरिनबाट रोकिएको हो ।
संयुक्त राष्ट्रकी विशेष दूत क्रिस्टिना सार्नरले म्यानमारमा भएको सैनिक ‘कू’ को कडा शब्दमा निन्दा गरेकी थिइन् । म्यानमारमा सेनाले नोभेम्बरमा सम्पन्न आम चुनावको नतिजा अस्वीकार गरेपछि संकटकाल लगाएको हो ।
उनले भनिन्, ‘चुनावको भर्खरको नतिजाहरु सुकीको पार्टीको लागि ठूलो विजय हो ।’
सिंगापुरको नेशनल युनिभर्सिटीका म्यानमार विज्ञ इलियट प्रेसे फ्रीम्यानले चीनले सेनाको कार्यवाहीलाई समर्थन गरेको संकेत गरिरहेको दाबी गरे ।




प्रतिक्रिया