कमल पोखरीबाट १ सय १८ तोला सुन हरायो, सिडिओ कार्यालयमा उजुरी

कमल पोखरीबाट १ सय १८ तोला सुन हरायो, सिडिओ कार्यालयमा उजुरी


काठमाण्डु – काठमाण्डुस्थित कमल पोखरीबाट एक सय १८ तोला सुन हराएको छ । आइतबार साँझ काठमाण्डु महानगरपालिकास्थित कमल पोखरी परिसरमा रहेको स्पोट्र्स क्लबबाट एक सय ८ तोलाको कलश र १० तोलाको सिक्री हराएको हो ।

महानगरले भवनमा डोजर चलाएपछि राधे राधे प्रचार विभागमा राखिएको १ सय ८ तोलाको कलश १० तोलाको सिक्री हराएको छ ।

राधा माधव प्रचार समितिका कार्यवाहक अध्यक्ष कमल मिश्रले उक्त कलश र सिक्रीसहित अन्य गुरु धामका अनमोल ग्रन्थहरू पनि हराएको जानकारी दिए ।

बहुमूल्य सामान हराएपछि समितिले काठमाण्डु जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको छ । अध्यक्ष मिश्रले सिडिओ कार्यालयमा उजुरी दिएको बताए ।

यता महानगरले उक्त विषयमा छानबिन भइरहेको बताएको छ । महानगरले कमलपोखरी पुनःनिर्माण गर्ने भन्दै त्यहाँका महत्वपूर्ण संरचनाहरु हटाएको छ ।