काठमाण्डु – प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रचण्ड–नेपाल समूहले संसद विघटन र सरकारले गरेको संवैधानिक निकायमा प्रमुख आयुक्त, अध्यक्ष, सदस्य तथा आयुक्त नियुक्तीको विरोध गर्दै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
उक्त समूहले प्रहरीले आफ्ना विद्यार्थी नेतामाथि कुटपिट गरेको घटनाको विरोध गरेको छ । बैठकले भोली देशव्यापी आमहड्ताल गर्ने निर्णय गरेको छ । भोली विद्यालय बन्द, यातायात, कलकारखाना, कार्यालय बन्द हुने प्रचण्ड–नेपाल समूहले जानकारी दिएको छ ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले परीक्षार्थीहरुलाई असर नगर्ने जानकारी दिए । परीक्षार्थीहरुले आफ्नो प्रवेशपत्र देखाएर आफ्ना साधनमा जान सक्ने बताए ।
प्रचण्ड–नेपाल समूहकी नेतृ पम्फा भुसालले असंवैधानिक गैरकानूनी ढंगले संवैधानिक अंगमा पदाधिकारी नियुक्तीमा सभामुख अग्नी सापकोटालाई निमन्त्रणा नगरिएको जानकारी दिइन् ।
उनले संवैधानिक अंगहरुमा गरिएको नियुक्ती खारेजी गर्न सचिवालयको बैठकले माग गर्ने निर्णय भएको जानकारी दिइन् ।





प्रतिक्रिया