केपी ओलीले जनमुक्ति सेनालाई १०/२० लाखमा खरिद गर्न खोजेः प्रचण्ड

केपी ओलीले जनमुक्ति सेनालाई १०/२० लाखमा खरिद गर्न खोजेः प्रचण्ड


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनमुक्ति सेनाको विशेष पार्टी कमिटी बनाउने घोषणा गरेका छन् ।

बुधबार राजधानीमा आयोजित बहिर्गमित जनमुक्ति सेना नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बहिर्गमित, स्वेच्छिक अवकाश लिएका लगातका सबै पूर्व जनमुक्ति सेनाहरुलाई समेटेर विशेष पार्टी कमिटी बनाउने बताएका हुन् ।

उनले प्रधानमन्त्री ओलीले जनमुक्ति सेनालाई, जनयुद्धलाई १०/२० लाखमा खरिद गर्ने प्रयास गरिरहेको आरोप लगाए । ओलीले पूर्व जनमुक्ति सेनालाई माया गरेको नभइ खरिद बिक्री गरेर सिध्याउन खोजेको उनको भनाइ थियो ।

‘तपाईंहरुलाई ओलीले माया गरेजस्तो लागेको छ होला, उनले जनयुद्ध र योद्धालाई मान्छेको संख्याका आधारमा १०/२० लाखमा खरिद गरिरहेका छन् । माया गरेका होइनन्’, उनले भने ।

जनमुक्ती सेनाहरुलाई आफूले तितर्फ लैजाने बताउँदै उनले मरेर मात्रै लडाई जित्न नसकिने बताए । अध्यक्ष प्रचण्डले हिजो आफूले घाइते जनुमक्तीलाई सहयोग गर्न आग्रह गर्दा केपी शर्मा ओलीले हेला गरेको बताए ।

‘पार्टी फुटाए अहिले जनमुक्ती सेना भनेर भन्छन् रे । हिजा आफूले घाइते जनुमक्तीलाई सहयोग गर्न आग्रह गर्दा हेला गरे’, उनले भने