प्रचण्ड–माधव नेपाललाई प्रधानमन्त्रीको प्रश्नः के का लागि नेपाल बन्द ?

प्रचण्ड–माधव नेपाललाई प्रधानमन्त्रीको प्रश्नः के का लागि नेपाल बन्द ?


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले गरेको बन्द आह्वानबारे असन्तुष्टी जनाएका छन् । उनले प्रचण्ड–नेपाल समूहले जनतालाई दुःख दिने नियतले बन्द गरेको बताए ।

बुधबार नेपाल भूमिहीन सुकुम्बासी संगठन केन्द्रीय कमिटीको राजधानीमा आयोजित राष्ट्रिय भेलामा बोल्दै प्रधानमन्त्री ओलीले जनतालाई दुःख दिने काम नगर्न पनि सुझाव दिएका छन् ।

‘नेपाल बन्द अरे । जनताले के बिगारेर नेपाल बन्द गरेको ? जनतालाई किन दुःख दिनुप¥यो नेपाल बन्द गरेर? पार्टी छोडेर आफू पाटीमा लाग्छन् अनि बन्द गरेर जनतालाई दुःख दिन्छन्, बन्द भनेको के ? त्यो किन गर्नुप¥यो, के का लागि गर्नुप¥यो ?, उनले प्रश्न गरे ।

प्रधानमन्त्री ओलीले जनतालाई दुःख दिने काम नगर्न पनि चेतावनी दिएका छन् । उनले बन्द के का लागि गर्नुपर्यो ? भन्दै जनताले बन्द नचाहेको बताए ।

‘बन्द के का लागि गर्नु, किन बन्द गर्नु ? बन्द भनेको हिँडडुल गर्न नपाइने, पसल खोल्न नपाइने भनेको हो, किन्न जान नपाउने, पढ्न जान नपाउने, जनतालाई दुःख दिने काम गर्नु भएन’, उनले भने ।

उनले माधव नेपाल, घनश्याम भुसाल र नारायणकाजी श्रेष्ठले हरेक कुरामा छलफल गर्नुपर्छ भनेर आफूलाई सधैँ अवरोध गरेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘मैले भेटेको तीनजना मान्छे छलफलवाला माधव नेपाल ,घनश्याम भुसाल र नारायणकाजी श्रेष्ठ, सुकुम्बासी आयोग बनाउँ भन्यो छलफल गर्नुपर्छ । यसो गरौं भन्यो छलफल हुनुपर्छ भन्‍ने । ती मान्छेहरू पार्टी छाडेर पाटीतिर लागे । तिनीहरूको पाटीको बास हुन थालेपछि अब काम हुन थालेको छ ।’