काठमाण्डु – विसं. २०७७ साल माघ २२ गते । बिहीबार । ईश्वी सन् २०२१ फेब्रुवरी ०४ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ५१ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ४५ मिनेटमा ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दुरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पढाइ लेखाइमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पुराना समस्याहरु बल्झन सक्छन्, ध्यान दिनुहोला । व्यापारमा अरुदिन भन्दा बढी नै समय लगानी गर्नुपर्ने हुनसक्छ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त तथा गुरुजनहरुको सुझावलाई सिरोधार्य गर्दै अगाडि बढ्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेकोछ भने प्रेममा सामिप्यता बढेर जानेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सामाजिक मान सम्मानमा आघात पुग्ने योग रहेको छ । आमा वा घर परिवारका आफूले मान्नु पर्ने मानिसहरुको सल्लाह तथा सुझावलाई शिरोधार्य गर्दै अगाडि बढ्नुहोला । प्रेममा सामान्य खटपट हुने योग रहेको छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सन्तान, छोराछोरी तथा आफन्तसँग रमाईलो यात्रा तय गर्न सकिनेछ । व्यापारमा लगानी गरी आर्थिक अवस्था सुधार्न सकिने समय रहेको छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माया प्रेममा विश्वास बढ्नेछ भने जीवन साथीको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । विद्यार्थीहरुले थोरै समय दिँदा पनि उत्कृष्ट नतिजा ल्याउन सक्नेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले थप लगानीको वातावरण बन्नेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्यवस्थापन सुदृढ हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्त बीचको सम्बन्धमा सुधार भएर जानेछ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) यात्रा गर्ने अवसर आएपनि गन्तव्यमा पुग्न जटिल परिस्थितिहरुको सामना गर्नुपर्नेछ । व्यापार व्यावसायमा सोचेजस्तो आम्दानी नहुँदा थप लगानी गर्ने वातावरण गुम्नेछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुने योग रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापारमा लगानी गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनीति अपनाउनुहोला । माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणीले मनमुटाव बढ्ने योग रहेको छ भने पति पत्नीबीच अविश्वास बढ्ने योग रहेको छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । माया प्रेममा अविस्वास बढ्नेछ । बुवा वा बुवासरहका मानिससँग मनमुटाव सिर्जना हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा तय गर्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मायाप्रेम तथा पतीपत्नीबीच केहि विषयमा मनमुटाव बढ्नेछ । विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ । धनमाल हराउन तथा लुटिन सक्छ, सजक रहनुहोला ।




प्रतिक्रिया