फागुन पहिलो साताबाट अझ सशक्त र संयुक्त आन्दोलन गर्छौं: प्रचण्ड

फागुन पहिलो साताबाट अझ सशक्त र संयुक्त आन्दोलन गर्छौं: प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्ययुनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाध्यताले आम हड्ताल गर्नु परेको बताएका छन् ।

आफ्नो समूहले आहृवान गरेको आमहड्तालका क्रममा सातदोबाटो चोकमा पुगेर प्रचण्डले केपी ओली सरकारले बलमिच्याई गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले त्यसबारे जनतालाई जानकारी दिन सडकमा आउनु परेको बताएका हुन् ।

साथै उनले यो लोकतन्त्र र लोकतन्त्र विरोधीको लडाइँ भएको भन्दै फागुन पहिलो साताबाट अझ सशक्त र संयुक्त आन्दोलन हुने समेत बताए ।

‘हाम्रो संयुक्त आन्दोलन गर्नेगरी काँग्रेस, राजपासहित अन्य पक्षसँग छलफल भइरहेको छ । सम्भवत फागुन पहिलो हप्ताबाट संयुक्त आन्दोलन हुन्छ र त्यसले सबै लोकतन्त्रविरोधी र निरंकुशता पक्षपातिलाई बढार्छ’, उनले भने, ‘यस्तो नभइदिए हुन्थ्यो भन्ने जनताको भावना हामीले बुझेका छौं, सम्मान पनि गर्छौं । तर कहिले काँही यस्तो बाध्यात्मक अवस्था आउँछ । यो संविधानको रक्षाका लागि हो ।’

सरकार आफैंले जुलुस निकाल्ने गरेकोप्रति कटाक्ष गर्दै प्रचण्डले यसलाई पञ्चर्यालीको संज्ञा दिए । ‘हिजो पञ्चहरुले त्यसै गर्थे । ठूलाठूला पञ्चर्याली हुन्थे । त्यो निभ्ने बेलाको बत्ती थियो’, प्रचण्डको टिप्पणी थियो ।