प्रचण्ड निस्किए सडकमा: अगाडी दालमोठ, चिउरा र पानी राखेर बसे धर्ना

प्रचण्ड निस्किए सडकमा: अगाडी दालमोठ, चिउरा र पानी राखेर बसे धर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुल्चोकमा धर्ना बसेका छन् ।

केपी ओली सरकारले बलमिच्याई गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेका भन्दै आह्वान गरेको आमहड्तालको सफल बनाउन भन्दै प्रचण्ड सडकमै धर्ना बसेका हुन् । सडकमा धर्नामा बसेका नेकपा नेताहरूले दालमोठ, चिउरा र पानी अगाडि राखेका छन् ।

यसअघि सातदोबाटोमा जुलुसमा नाराबाजी गरेपछि प्रचण्डले फागुन पहिलो सातादेखि संयुक्त र सशक्त जनआन्दोलन हुने बताएका थिए ।
प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै उनले यो लोकतन्त्र र लोकतन्त्र विरोधीको लडाइँ भएको भन्दै फागुन पहिलो साताबाट अझ सशक्त र संयुक्त आन्दोलन हुने समेत बताएका थिए ।

‘हाम्रो संयुक्त आन्दोलन गर्नेगरी काँग्रेस, राजपासहित अन्य पक्षसँग छलफल भइरहेको छ । सम्भवत फागुन पहिलो हप्ताबाट संयुक्त आन्दोलन हुन्छ र त्यसले सबै लोकतन्त्रविरोधी र निरंकुशता पक्षपातिलाई बढार्छ’, उनले भने, ‘यस्तो नभइदिए हुन्थ्यो भन्ने जनताको भावना हामीले बुझेका छौं, सम्मान पनि गर्छौं । तर कहिले काँही यस्तो बाध्यात्मक अवस्था आउँछ । यो संविधानको रक्षाका लागि हो ।’

सरकार आफैंले जुलुस निकाल्ने गरेकोप्रति कटाक्ष गर्दै प्रचण्डले यसलाई पञ्चर्यालीको संज्ञा दिए । भोलि ओली समूहले नारायणहिटी दरबारअगाडि जनसभा गर्दैछ ।

‘२०४६ सालको जनआन्दोलन अघि पञ्चायतले पैसा दिएर लाखौं मान्छे ल्याएर र्‍याली गर्थ्यो । अहिले उहाँहरूले पनि त्यही गर्न लाग्नुभएको छ,’ उनले भने, ‘हामीले जनआन्दोलन गरिरहेका छौं । उहाँहरू पञ्च ¥याली गर्दै हुनुहुन्छ ।’