काठमाण्डु – आज बिहीबार बिहान कलंकीबाट पक्राउ परेकी प्रचण्ड–नेपाल समूहकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यलाई प्रहरीले महाराजगञ्जमा राखेको छ ।
उनलाई महानगरीय प्रहरी शिक्षालय महाराजगञ्ज राखिएको प्रहरीले जनाएको छ । प्रचण्ड–माधव समूहले आह्वान गरेको आमहड्तालका लागि उनी सडकमा उत्रिएकी थिइन् ।
सोही क्रममा शाक्यलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकी शाक्यलाई भेट्न नेता/कार्यकर्ताहरू महाराजगञ्ज पुगेका छन् । प्रहरीले अहिलेसम्म ७६ जना नेतारकार्यकर्ता पक्राउ परेको जनाएको छ ।




प्रतिक्रिया