काठमाण्डुको सडक बन्द गराउँदै हिडेपछि मुख्यमन्त्री भट्ट आलोचित

काठमाण्डुको सडक बन्द गराउँदै हिडेपछि मुख्यमन्त्री भट्ट आलोचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदूर पश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको व्यापक आलोचना भएको छ ।

आफै सरकार प्रमुख भएर शान्ति सुरक्षामा खलल पुग्ने गरि गरिएका बन्द र तोडफोडमा मुख्यमन्त्री नै सहभागी भएको भन्दै सामाजिक सञ्जालमा मुख्यमन्त्री भट्टको व्यापक आलोचना भएको हो ।

नेकपा प्रचण्ड–नेपाल समूहद्धारा देशव्यापी रुपमा घोषणा गरिएको आम हडताललाई सफल बनाउन भन्दै मुख्यमन्त्री भट्ट बन्दकर्ताहरुसंगै सडकमा निस्किएका छन् ।

उनी आफै सरकार प्रमुख भएर काठमाण्डुको सडकमा बन्द गराउदै हिडेका छन् । सातदोवाटोमा बिरोध प्रदर्शनमा मुख्यमन्त्री भट्टमात्रै हैन उनका स्वकीय सचिव शिवसिंह ओली समेत सहभागी भएका थिए ।

प्रचण्ड–नेपाल समूहको आमहड्तालको प्रभाव देशभर परेको छ । हिजो अस्तिको तुलनामा सवारी साधाहरु कम चलेका छन् भने मुख्य शहरी क्षेत्रका पसलहरु समेत छिटपुट मात्रै खलेका छन् ।