साँझ ६ बजेपछि आमहड्तालका सबै कार्यक्रम फिर्ताः प्रवक्ता श्रेष्ठ

साँझ ६ बजेपछि आमहड्तालका सबै कार्यक्रम फिर्ताः प्रवक्ता श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपाको प्रचण्ड–नेपाल समूहले घोषणा गरेको एक दिने आमहड्ताल साँझ ६ बजेपछि फिर्ता हुने भएको छ ।

संवैधानिक आयोगमा नियुक्त गरिएको विरोधमा गरिएको एक दिने हड्तालका सबै कार्यक्रम साँझ ६ बजेपछि फिर्ता हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उपत्यकाका भित्री सडकमा बन्दको प्रभाव देखिए पनि बाहिरी सडकमा भने आवागमन खुकुलो देखिन्छ । प्रर्दशनकारी काठमाण्डुको कोटेश्वरलगायत क्षेत्रमा जम्मा भएका छन् ।

आम हड्तालका क्रममा काठमाण्डु उपत्यकाबाट प्रचण्ड–नेपाल समूहकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यसहित १५० जना नेता–कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी शिक्षालय महाराजगञ्ज राखिएको छ ।