काठमाण्डु – पूर्वमन्त्री शक्ति बहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली जनताको सुरक्षाको प्रतिबद्धता नगरेसम्म आन्दोलन गरिरहने बताएका छन् ।
संवैधानिक आयोगमा नियुक्ति गरेको बिरोधमा गरिएको आमहड्तालको क्रममा सडकमा निस्किएका पूर्वमन्त्री बस्नेतले केपी ओलीले आफुले गरेको गल्तीहरु नसच्याएसम्म उनले गरेका हरेक कदमहरुको विरोध गरिरहने बताएका हुन् ।
उनले लोकतन्त्रको मूल्यमान्यतालाई समाप्त पार्ने र आफु अधिनायकबादी शासक बन्ने प्रधानमन्त्रीको सपनालाई पुरा हुन नदिने बताएका हुन् । पूर्वमन्त्री बस्नेतले केपी ओलीले नयाँ श्रीपेच लगाउन संसदमात्र नभई संसदीय व्यवस्थाकै विघटन गरेको आरोप लगाए ।
प्रधानमन्त्रीले आफ्ना कदमहरु नसच्याए आफुहरु अझ ठूलो सशक्त आन्दोलनमा जाने चेतावनी दिए । उनले आजको आमहड्ताल केपी ओलीले गरेका असंवैधानिक कदहरुप्रति खबरदारी मात्र गरेको बताएका छन् ।




प्रतिक्रिया