काठमाण्डु – कञ्चनपुरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका नेताले पत्रकारमाथि कुटपिट गरेका छन् ।
नेपाल बन्दका क्रममा रिपोर्टिङ गर्न गएका आर्थिक अभियान दैनिकका सम्वाददाता पत्रकार मदन गिरीमाथि पूर्वमन्त्रीसमेत रहेका नेता उर्वादत्त पन्तले कुटपिट गरेका हुन् ।
जिल्ला सदरमुकाम महेन्द्रनगर बसपार्कस्थित चम्मन चौकमा रिर्पोटिङका क्रममा पूर्व मन्त्री पन्तसहितको टोलीले पत्रकार गिरीमाथि लात्ती प्रहार गरेका थिए ।
नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिले पत्रकार गिरीमाथि भएको दुव्र्यवहारबारे आपत्ति जनाएको छ । महासचिव योगेश रावलले एक विज्ञप्ति जारी गर्दै पत्रकारमाथि दुव्र्यवहार गर्नेमाथि कानूनी कारबाही गर्न माग गरेका छन् ।





प्रतिक्रिया